काठमाडौं। कला र साहित्यमा निरन्तर समर्पित संस्था राष्ट्रिका साहित्य प्रतिष्ठानले सल्लाहकारहरु मनोनयन गरेको छ ।
अध्यक्ष ऋषभ देव घिमिरेको अध्यक्षतामा बसेको बैठकले प्रा.पुरुषोत्तम दाहाल,श्रीओम श्रेष्ठ ‘रोदन’,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,पवन आलोक र नन्दकृष्ण जोशीलाई सल्लाहकार मनोनयन गरेको हो ।
यसैगरी बैठकले कार्यसमितिमा राजेन्द्र केसी र विपिन घिमिरेलाई मनोनयन गरेको छ ।
सोमबार बसेको बैठकले प्रतिष्ठानको वार्षिक कार्ययोजना समेत तर्जुमा गरेको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए ।

