काठमाण्डौ । शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम समाजको सभाहल बबरमहल, काठमाण्डौमा सम्पन्न भएको छ । साहित्यकार त्रिभूवनचन्द्र वाग्लेको प्रमुख आतिथ्यमा समाजकी अध्यक्ष मञ्जुश्री प्रधानको अध्यक्षतामा शनिबार (४ असोज) का दिन कार्यक्रम सम्पन्न भएको हो ।
पानसमा दिप प्रज्वलन गरी थालनी भएको कार्यक्रममा साहित्यकार साहित्यकार रामहरी कपालीले सहभागी स्रष्टा, सर्जकलाई शब्द मार्फत स्वागत गरे । साहित्यकार उषा केसीले कार्यक्रमको संचालन गरेकी थिइन् भने प्रमुख अतिथि, विशेष अतिथि एवम् अतिथीलाई रुद्राक्षको माला अर्पण गरिन् ।
बैतडीका समाज अध्यक्ष एवम् समाजसेवी लालबहादुर बोहराले आफू साहित्यकार नभएको बरु साहित्यको विद्यार्थी एवम् पाठक भएको बताउँदै संस्कार, संस्कृति एवम् साहित्यबारे प्रकाश पारे । कार्यक्रममा साहित्यकार पवन बुढाथोकी, लव खड्का, सुशान्त केसी, भुवन शिवाकोटी ‘चौघरे’, उषा केसी, वैरागी जेठा, त्रिभुवन्चन्द्र वाग्ले, अधिवक्ता एवम् साहित्यकार शान्ति चौधरी, मञ्जुश्री केसी प्रधान, शालिकराम दहाल, वासुदेव ठकुरी, लीलाराज दहाल, मिसन अधिकारी लगायतले कविता, गीत, गजल, मुक्तक, लघुकथा पस्किएका थिए ।