
माओवादीले उचालेको काँधमा
कुलमानको नाम चढ्यो,
लोडसेडिङ्गको अँध्यारोमा
उज्यालोको नारा बन्यो।
तर उज्यालो केवल बत्तीको थियो,
राजनीतिक चेतनाको होइन,
व्यवस्थाले बनाएको पात्र
आफैँलाई व्यवस्था ठान्ने भ्रम भयो।
आज रास्वपाको ढोकामा पुग्दा
त्यहाँ पनि अटेनन्,
किनकि राजनीति
मञ्चमा ताली पाउने कला मात्र होइन।
कसैले बनाइदिएको छवि
आफ्नै मेरुदण्ड ठानेर
हिँड्नेहरू चाँडै लड्छन्,
इतिहासले यस्तै पाठ पढाएको छ।
न वर्गको चिन्ता,
न विचारको जरो,
भीडको लोकप्रियतामा
राजनीति खोज्ने भूल भयो।
यसैले त हार सुनिश्चित छ—
न संगठन, न संघर्ष,
कुलमान राजनीतिक प्राणी होइनन्,
केवल प्रयोग गरिएका प्रतीक हुन्।

