गीत,कविता, मुक्तक, नियात्रा लेखनका क्षेत्रमा दर्जनौं पुस्तक प्रकाशन गरिसकेका चर्चित साहित्यकार विजयध्वज थापाद्वारा लेखिएको नयाँ गीत गीतकार ‘कति राखुँ मेरो यादमा तिमी’ बोलको गीत लोकार्पण गरिएको छ । रेडियो कान्तिपुर ९६.१ मेघा हर्जबाट सार्वजनिक गरिएको हो । प्रेमको संवेदनशील अनुभूति र आत्मीय भाव समेटिएको यस गीतले छोटो समयमै श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको समेत बताइएको छ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानको अध्यक्ष समेत रहेका साहित्यकार /गीतकार थापाका यस अघि पनि थुप्रै गीतहरु सार्वजनिक भई लोकप्रिय समेत रहेका छन् ।
रेडियो कान्तिपुरको म्युजिक एक्सप्रेस कार्यक्रममा म्युजिक अफ द मन्थका रुपमा उनकाा गीतहरु सुन्न सकिने अन्तरवार्ताको क्रममा जानकारी प्राप्त भएको छ । गीतकार थापा संगको अन्तरवार्ता राती ८ बजे देखि ९ सम्म सुन्न सकिने जनाइएको छ ।
रामकृष्ण ढकाल र अन्जु पन्तले गाएका उनका गीतहरु माया मायाको जीवन र रारामा तिमिलाई देखें , फेवामा तिमीलाई देखे, टल्केको सीत झर्दा सीत भित्र तिमीलाई देखें जस्ता गीतहरु यस अघिनै निक्कै चर्चित रहेका पाइन्छन् भने स्वदेशप्रतिको समर्पण भावले ओतप्रोत भएको मेरो देश बोलाई रहेछ … र हिम् शिखरमा विश्वमा पहिलो जलभण्डार नेपाल जस्ता चर्चित स्वदेशगानको परिचर्चा व्यापक रुपमा रहेको पाइन्छ ।

