काठमाडौँ । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा उनले एक समयका आफ्नै नेता नेकपा (एमाले)का केन्द्रीय सचिव शेरधन राईलाई १ हजार ९१३ मतले पराजित गर्दै संघीय संसद् यात्रा तय गरेका हुन्।
निर्वाचन परिणामअनुसार ध्रुवराज राईले १६ हजार ६६३ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्।
टेम्केमैयुङ गाउँपालिका–४ नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ४३ वर्षीय राई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी भोजपुर बहुमुखी क्याम्पसमा दुई पटक स्ववियु सभापति निर्वाचित भएका थिए। त्यसपछि उनी टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षसमेत बनेका थिए।
२०६२/६३ को जनआन्दोलनमा अग्रपंक्तिमा सक्रिय राई २०७४ सालको स्थानीय तह निर्वाचनमा उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका थिए। गाउँपालिका अध्यक्ष रहँदा उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिकामा विद्युत् पहुँच विस्तार गराएका थिए।
नयाँ पार्टी श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका ध्रुबराज राई प्रभावशाली नेता नेकपा एमालेका सचिव, पूर्व कोशी प्रदेशका मुख्यमन्त्री तथा संघीय सरकारका पूर्व सूचना सञ्चार तथा प्रविधिमन्त्री शेरधन राईलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनी नेपाली कांग्रेसका सरोज बस्नेतसँग पराजित भएका थिए। त्यसअघि लामो समय नेकपा (एमाले)मा सक्रिय रहेका राई पार्टीको कोशी प्रदेश कमिटी सदस्यसमेत थिए। चार महिनाअघि मात्र एमाले परित्याग गर्दै उनी हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।
नयाँ पार्टी श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका राईले यसपटक एमालेका प्रभावशाली नेता शेरधन राईलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका छन्। शेरधन राई पूर्व सूचना, सञ्चार तथा प्रविधिमन्त्री हुन् भने कोशी प्रदेशका मुख्यमन्त्रीसमेत भैसकेका नेकपा एमालेको भर्खर सम्पन्न महाधिवेशनबाट सचिवमा निर्वाचित व्यक्तित्व हुन् ।
नवनियुक्त सांसद राईलाई हार्दिक बधाई सहित सफल राजनीतिक जीवनको हार्दिक शुभकामना !
+++++++ प्रस्तुति: मिसन अधिकारी ++++++++

