काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने तय भएको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेपछि सरकार गठनको प्रक्रिया अघि बढेको हो।
रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। सोहीअनुसार शाहको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेको छ।
बिहीबार साँझ रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बीच राजधानीको रोयल सिंगी होटलमा छलफल भएको छ। छलफलमा सांसदहरूको शपथपछि प्रधानमन्त्रीको शपथ गराउने सहमति बनेको छ।
रास्वपाका एक शीर्ष नेताका अनुसार “सम्भवत: आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्नुहुनेछ।”

