काठमाण्डौ । ओखलढुंगाको मतपरिणाम थप रोचक बन्दै गएको छ । मुलुकभर रास्वपाले बाजि मारिरहेका बेला यहाँका दुई उम्मेद्वार नेपाली कांग्रेसका कुमार लुईटेल र रास्वपाका उम्मेद्वार पूर्व एआईएजी विश्व पोखरेल टक्कर परिरहेको दृश्यले मतगणना रोचक बन्न पुगेको हो ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका कुमार लुईटेलले १३ हजार ७ सय ८२ मत पाएका छन् भने पोखरेलले १३ हजार ७ सय ६५ मत पाएका छन् ।
दुई उम्मेदवारका बीच केवल १७ मतको अन्तर रहेको छ ।
नेकपा एमाले, न्पाली कम्युनिष्ट पार्टीले पनि यहाँ सम्मानजनक मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीका अम्बिरबाबु गुरुङ ११ हजार ५८ मत सहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेकि अमिता थापा १० हजार ४ सय ४० मत सहित चौथो तर सम्मानजनक हैसियतमा छिन् । 

