काठमाडौं। नेपाली कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौला(पन्त ) ले लोकतन्त्रमा हार र जित दुवै स्वाभाविक प्रक्रिया भएको बताएकी छन्। उनले पार्टीले आत्मालोचनासहित जनतामा जाने र पराजयलाई जिम्मेवारीपूर्वक स्वीकार गर्ने धारणा व्यक्त गरेकी छन्।
शुक्रबार National Press Club काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संग्रौलाले लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने उल्लेख गरिन्। “लोकतन्त्रमा हार र जित दुवै हुन्छ। हामी आत्मालोचनासहित पराजयलाई स्वीकार गर्छौं,” उनले भनिन्।
उनले कांग्रेसभित्र अहिले नेतृत्वले राजीनामा दिने विषय प्राथमिक विकल्प नभएको पनि स्पष्ट पारिन्। साथै कांग्रेस सभापति गगन थापा लाई केवल व्यक्ति नभई संस्था जस्तै प्रभावशाली नेताका रूपमा प्रस्तुत गर्दै पार्टीभित्र उनको महत्वपूर्ण भूमिका रहेको बताइन्।
संग्रौलाले जनताको मत र निर्णयलाई सम्मान गर्दै कांग्रेसले आगामी दिनमा आत्मालोचनासहित जनतामाझ जाने तयारी गरिरहेको जानकारी दिइन्। “जनता जनार्दनको शक्ति अगाडि केही पनि होइन। त्यसलाई केन्द्रबिन्दु बनाएर अगाडि आएको शक्तिलाई हामी शुभकामना दिन्छौं,” उनले भनिन्।उनका अनुसार लोकतान्त्रिक अभ्यासमा पराजयलाई समीक्षा गर्दै सुधारका साथ अघि बढ्नु नै जिम्मेवार राजनीतिक संस्कार हो।

