मिसन अधिकारी । काठमाडौँ
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको उपस्थिति सुधारिएको देखिएको छ। कुल १६५ निर्वाचन क्षेत्र मध्ये १४ निर्वाचन क्षेत्रमा महिला विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ महिला उम्मेदवारले जित हासिल गरेका छन् भने नेपाली कांग्रेसबाट १ मात्र महिला उम्मेदवारले जित हासिल गरेकी छन्—बासना थापा।
अन्य दल नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीबाट महिला प्रत्यक्ष विजयी शून्य रहे।
राप्रपा नेपालबाट एक मात्र ज्ञानेन्द्र शाही बिजयी भएका छन् ।
कुल ३,४८६ उम्मेदवारी दर्ता भएकोमा ३८८ महिला उम्मेदवार थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा १६ महिला उम्मेदवार मैदानमा उभ्याएको थियो, जसमा १३ ले जित हासिल गरेका हुन्।
प्रतिनिधिसभामा इन्दिरा रानामगर, झापा–२, रञ्जु न्यौपाने, काठमाडौँ-१, तोसिमा कार्की, ललितपुर–३, सोबिता गौतम, चितवन–३, निशा डाँगी, झापा–१, आशा झा, मोरङ–५,रुविना आचार्य, मोरङ–६ बाट प्रत्यक्ष निर्वाचनद्वारा बिजयी भएका हुन् ।
यसैगरी पुष्पा कुमारी चौधरी, सप्तरी–१, गौरी कुमारी, महोत्तरी–४, नीतिमा भण्डारी, सर्लाही–१, आशिका तामाङ, धादिङ, बिना गुरुङ, कास्की–३, कोमल ज्ञवाली, सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना का अनुसार, “महिला उम्मेदवारले प्रत्यक्ष निर्वाचनमा पुरुषसँग दरो प्रतिस्पर्धा गरेर जित हासिल गरेका छन्, तर समग्रमा जित अपेक्षित हदसम्म पुगेको छैन। महिलाले निर्वाचनमा कसरी सहभागी हुने सिक्दै गएको देखिएको छ।”
प्रदेशगत विश्लेषणमा, लुम्बिनी प्रदेशबाट महिला प्रत्यक्ष विजयी शून्य छ भने कोशी प्रदेश मा निशा डाँगी, झापा–१ मा नेपाली कांग्रेसका पुरुष प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी भइन्।
यसरी देशका सातै प्रदेशमा महिला प्रत्यक्ष विजयीको संख्या सीमित रहेकाले आगामी प्रतिनिधि सभामा महिला सहभागिता सुनिश्चित गर्न समानुपातिक प्रणालीमा भर पर्नुपर्ने अवस्था विद्यमान छ।

