काठमाडौं। नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ। ४२ वर्षको उमेरमा आज भारतको दिल्लीमा उनको निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन्।
गायक तथा अभिनेता तामाअङको हृदयघातका कारण निधन भएको परिवारलाई उधृत गर्दै संगीतकार घतानीले बताएका छन् ।
भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो संस्करणका विजेता तामाङ नेपाली र भारतीय संगीतप्रेमीमाझ अत्यन्त लोकप्रिय थिए। गायनसँगै उनले गोर्खा पल्टन लगायत केही नेपाली चलचित्रमा अभिनय गर्दै कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।
उनको निधनको खबरले नेपाली संगीत तथा चलचित्र क्षेत्रमा शोक छाएको छ। कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

