काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोषाध्यक्ष लिमा अधिकारीले पार्टी नेतृत्वमा सरकार सञ्चालनबारे स्पष्ट सन्देश दिएका छन्। उनले बालेन्द्र शाह (बालेन) पाँचै वर्ष प्रधानमन्त्री रहने र पार्टी सभापतिले संगठन सञ्चालन गर्ने बताएकी छीन्।
अधिकारीका अनुसार सरकारमा गएका मन्त्री तथा प्रतिनिधिहरूले १०० दिनभित्र देखिने परिणाम दिन नसके तत्काल फिर्ता बोलाइनेछ। “जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसक्नेहरूलाई सरकारमा बस्ने अधिकार हुँदैन,” उनले भनिन्।
उनले रास्वपाले परिणाममुखी शासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कामको आधारमा मूल्याङ्कन गर्ने स्पष्ट पारे। “हामी पदका लागि होइन, परिणामका लागि सरकारमा गएका हौँ,” अधिकारीको भनाइ छ।
रास्वपाले सरकार सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र तीव्र कामलाई मुख्य आधार बनाउने नीति लिएको पनि उनले बताईन्।

