काठमाण्डौ । सिन्धुली निर्वाचन क्षेत्र-२ मा नेपाली कम्युनिष्ट पार्टीका राजन दाहालले अग्रता प्राप्त गरेका छन् । काठमाण्डौका १० निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्विप, देशभर अनपेक्षित अनुमोदन प्राप्त गरेका बेला दाहाललाई प्राप्त अग्रता अप्रत्यासित हो ।
गत निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी दाहालबिरुद्ध नेकपाकै महेश्वर दाहाल बागी उठेपछी झनै अप्ठ्यारो हुने आँकलन गरिएको थियो । नेकपा सिन्धुली जिल्ला कमिटी नै बागी उम्मेदवारको पक्षमा खुलेको थियो भने नेकपाका बरिष्ठ नेता हरिबोल गजुरेल ‘शीतलकुमार’ ले महेश्वर दाहाललाई अघि बढाउन नेतृत्व गरेका थिए ।
बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महेश्वर दाहाल निक्कै पछि परेका छन् । यही स्थिति कायम रहने हो भने महेश्वरले जमानत जोगाउन समेत नसक्ने संकेत देखिएको छ । उनले केवल २ सय ३७ मत पाएका छन् ।
शनिबार बिहानसम्म नेकपाका उम्मेद्वार राजन दाहाललाई १२ हजार ७ सय ९५ मत प्राप्त भएको छ भने उनको निकतम प्रतिश्पर्धीमा रास्वपाका आशिष गजुरेल देखिएका छन् । शुरुवातमा अग्रता पाएका आशिषले हाल ८ हजार ९ सय २२ प्राप्त गरेका छन् । दाहाल भन्दा गजुरेल ठिक ३ हजार ८ सय ७३ पछाडी छन् ।
यश क्षेत्रमा जित्ने आँकलन गरिएका नेकपा एमालेका उम्मेद्वार मनोजजङग थापा तेस्रो स्थानमा छन् । उनले ७ हजार ६ सय ३४ मत पाएका छन् ।


