काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार झाले ४३ हजार १४२ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत प्राप्त गरे। त्यस्तै नेकपा एमालेकी जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन्।
झाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै धनुषा–३ मा विजय हासिल गरेका हुन्।

