काठमाडौं/सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा आबद्ध सिंहलाई कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन्।
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को तर्फबाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
हालै मधेस केन्द्रित दलहरूबाट कांग्रेसतर्फ नेता प्रवेश गर्ने क्रम बढिरहेका बेला सिंहको प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

