काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन्।
निर्वाचन कार्यालयका अनुसार दर्शानाले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार हुन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्।
काठमाडौँ–१ मा रास्वपाले पहिलो जित हात पार्दै उल्लेखनीय सफलता हासिल गरेको छ। यद्यपि दर्शानाको विजयबारे निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाँकी रहेको जनाएको छ।

