झापा । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले प्रतिस्पर्धीहरूमाथि आफ्नो अग्रता फराकिलो बनाएका छन्। पछिल्लो मत परिणामअनुसार शाहले ६ हजार ५५१ मत प्राप्त गरेका छन्।
उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन्। यससँगै शाह ओलीभन्दा ५ हजार १२३ मतले अगाडि रहेका छन्। यसअघि दुवै उम्मेदवारबीचको मतान्तर ४ हजार ६ रहेको थियो।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले हालसम्म २१६ मत प्राप्त गरेकी छन्।
मतगणना जारी रहेकाले आगामी परिणामले थप स्पष्ट तस्वीर दिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

