काठमाडौँ । पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज बिहान मतदान गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजकसमेत रहेका दाहाल चितवन–३ का मतदाता हुन्। उनले आफ्नो मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण रूपमा मताधिकार प्रयोग गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।
दाहाल आजै आफू उम्मेदवार रहेको रुकुम पूर्व जाने कार्यक्रम रहेको बताइएको छ। त्यहाँ उनले चुनावी गतिविधिमा सहभागी हुनुका साथै मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। निर्वाचनका सन्दर्भमा शीर्ष नेताहरू आ–आफ्नो क्षेत्रमा सक्रिय बन्दै गएका छन्।

