चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धाका रूपमा चित्रित गरेका छन्।
भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै उनले अब आममतदाताले वास्तविक रूपमा काम गर्ने नेतृत्वलाई चिन्नुपर्ने र चुन्नुपर्ने समय आएको बताए।
देशमा परिवर्तन ल्याउने स्पष्ट लक्ष्यसहित आफ्नो पार्टीको उदय भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले अभियानमा साथ दिन मतदातासँग आग्रह गरे। उनले भने, “हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ। यसमा जनताले साथ दिनुपर्छ।”
पार्टीका जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक, चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलगायतको उपस्थिति थियो।

