काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दूरसञ्चार कार्यालय नजिकै आज बिहान बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। दुवैको परिचय खुल्न बाँकी छ।
घटनापछि स्थानीय आक्रोशित बन्दै टिपरमा आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली चलाएको छ ।
घटनाका कारण राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ भने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

