काठमाण्डौ । शिवरात्रिको अवसरमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका रिजन श्रेष्ठलाई पक्राउ गरेको हो।
काठमाडौँ बस्दै आएका उनले शिवरात्रीमा पशुपतिमा खटिएका प्रहरीलाई हातपात गरेको भिडिओ सार्वजनिक भएको थियो।
प्रहरीले पहिचान गर्न नसकेपछि उनको फोटो सार्वजनिक गर्दै पहिचान गर्न सहयोग मागेको थियो।
उनको पहिचान भएसँगै स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

