राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ।
शुक्रबार चितवनमा आयोजित कार्यक्रम सकेर दमौलीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन जाँदा लामिछानेलाई उज्यालो नेपाल पार्टी (उनेपा) का कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।
घटनापछि कालो झण्डा देखाउने उज्यालो नेपाल पार्टीका सात कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा पक्राउ गरिएको हो।
पकाउ परेका सात कार्यकर्तालाई थप कारबाहीका लागि निर्वाचन आयोग समक्ष पठाइने तनहु प्रहरीले जनाइएको छ।

