काठमाडौं । झापा क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अग्रता लिएका छन्।
कमल गाउँपालिका अन्तर्गत बासवारी माध्यमिक विद्यालय ‘क’ र ‘ख’ केन्द्रबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रारम्भिक परिणामअनुसार हालसम्म गणना गरिएको १ हजार ४०० मतमध्ये बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले ३८४ मत प्राप्त गरेका छन्।
यसैबीच गौरादहस्थित मोती माध्यमिक विद्यालय ‘क’ र ‘ख’ केन्द्रको मत पनि गणना सुरु भएको छ। झापा–५ मा एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रारम्भिक मत गणनाले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

