काठमाडौं — रामचन्द्र पौडेल र रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहिबार भएको मतदानमा मत दिएकी दिएनन् ? दिएको भए कहाँबाट दिए, दिएनन् भए नेपालको संवैधानिक उच्च तहमा विराजमान व्यक्तित्वले रास्ट्र्को उत्सवमा पनि किन भएनन् सहभागी ?
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले मत न दिएको पुष्टि भएको छ ।
संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्ने उद्देश्यले उनीहरूले मतदान नगर्ने निर्णय गरेको जनाइएको छ।
राष्ट्रपति पौडेल संविधानका संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेल यसअघि गृह जिल्ला तनहुँको व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।
उपराष्ट्रपति यादवले पनि संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको उनका प्रेस सल्लाहकार दिनेश यादवले बताए।
उपराष्ट्रपति यादव यसअघिका निर्वाचनमा बाराको बसबरीया मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।

