काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित भएकी छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे। अघिल्लो प्रतिनिधिसभामा घिमिरे सभामुख र रानामगर उपसभामुख थिए।
यसैगरी श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईंले ५ हजार ६१६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपाल ले ३ हजार ९६६ मत प्राप्त गरे।
यस क्षेत्रमा १ लाख ४७ हजार ५२२ मतदाता मध्ये ९६ हजार ४३६ मत खसेको थियो। यहाँ १५ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेद्वार बीच प्रतिस्पर्धा भएको थियो।

