काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीले खाता खोलेको छ। खोटाङबाट सो पार्टीका अरेन राई विजयी भएसँगै प्रतिनिधिसभामा उक्त पार्टीको पहिलो जित दर्ता भएको हो।
राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याए।
यस्तै नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत, नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत ल्याएका छन्।

