काठमाडौं — सुहाङ नेम्वाङ इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पुन: निर्वाचित भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार नेम्वाङले २२ हजार ४२६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत प्राप्त गरे ।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८१४ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ले १ हजार १७२ मत प्राप्त गरेका छन्।
सुहाङ पूर्व सभामुख स्वर्गीय सुवास नेम्वाङ पुत्र हुन् । बुवा सुवासको हृदयाघातका कारण निधन भएपछि भएको निर्वाचनमा उनी यही निर्वचन क्षेत्रबाट पहिलो पटक प्रतिनिधिसभाको यात्रा प्रारम्भ गरेका थिए ।

