काठमाण्डौ । नेकपा एमाले सिरहाका दुई पूर्वसांसदसहितका नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेहरूमा जानकी राम र सम्झना थपलिय सहित जिल्ला कमिटी सचिवालय सदस्य, नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्षमण यादव र गोलबजार–९ वडा कमिटी सदस्य बिरेन्द्र कुमार सिंह रहेका छन्।
पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधि–पद्धति र सिद्धान्तबाट विचलन तथा आन्तरिक लोकतन्त्रको क्षयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफूहरू पार्टी परित्याग गर्न बाध्य भएको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘पार्टीलाई सही मार्गमा ल्याउन सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदासमेत नेतृत्व तहबाट कुनै सुनुवाइ नभएको, इमान्दार कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृत्ति मौलाउँदै गएको र विचारभन्दा व्यक्तिको वर्चस्व हावी भएको अवस्थामा हामी बाध्यात्मक अवस्थामा पार्टी परित्याग गर्ने निर्णयमा पुगेका हौँ,’ विज्ञप्तिमा भनिएको छ।
के छ जारी विज्ञप्तिमा ?


