चिरन सी
झण्डै ३ दर्जन खुद्रे पसलमा,
तिनै दर्जन टाउको हल्लाउँदै
बैठक चलेकै छ ?
मेरो सामान राम्रो – उसको नराम्रो,
लाग्छ उहिनै सामान जाच्ने मेसिन हो ।
झण्डै ३ दर्जन पार्टी कार्यालयमा,
तिनै दर्जन बिचारको कथित ब्याख्याता,
छलफल गरेकै छन ?
मेरो बिचार राम्रो – तेरो नराम्रो,
लाग्छ बिचारको मुल उहीँ हो ।।
झण्डै ३ दर्जन हुल मानिस,
तिनै दर्जन टाउको वरिपरि !
झुम्मिएर कराउदै छ्न,
हामी राम्रो – उनी नराम्रो,
लाग्छ उहिनै राम्रो नराम्रो छान्ने मेसिन हो ।।।
झण्डै ३ दर्जन एकैथरी झण्डा,
तिनै दर्जन टुक्रे स्वार्थको निम्ती !
पद बाडिरहेका छ्न,
म यो – त यो ?
लाग्छ पदहरु उसैको बाउको सम्पत्ति हो ।।।
झण्डै ३ दर्जन नामधारी कम्युनिस्ट,
समाजवादको नाममा नाफा कमाउदैछ्न !
मच्छेडको टाउको जत्रो सोच बोकेर
गफ चुड्दैछ्न ससार जित्ने ?
लाग्छ समाजवाद उसैको हजुर बा को बिर्ता हो ।।
झण्डै ३ दर्जन स्वघोषित क्रान्तिकारीहरु,
अरुतिर फर्किएर घोक्रो फुलाउदैछ्न ?
गाली गर्दैछ्न, धम्की दिदैछ्न,
बहुलाउदैछ्न, कराउदैछ्न र चिच्याउदैछ्न,
नाप्दैछ्न कसीमा म क्रान्तिकारी त गैर क्रान्तिकारी
लाग्छ उनिहरु क्रान्तिकै शृस्टिकर्ता हुन ।।।
सप्तरीमा बाजेको पेडा पसलहरु भेटिन्छ,
असली हजुरबाजेको, बाजेको, बाउको, छोराको, मेरो र तेरो असली पेडा पसल !
कुन हो असली ?
बिचरा पेडा किन्ने निरीह ग्राहकलाई के थाहा ?
अरुतिर फर्केर धारेहात लाउनु भन्दा,
आफ्नै अनुहारको फोहोर सफागरौ,
आत्म केन्द्रीत महत्वाकांक्षा त्यागौ,
बसौ छलफल गरौ, सबैले म म भनौ
एकता गरौ, बलियो बनौ र समाजवादी गन्तव्य पूरा गरौ ।।।।
धन्यवाद ।

