नेपाल एकीकरणका नायक पृथ्वीनारायणको ३०४ औँ जयन्ती विशेष कविगोष्ठी मङ्गलवार भव्य रुपमा सम्पन्न गरिएको छ ।
डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा प्रमुख आमन्त्रण कवि जगदीश्वर पोखरेल विशिष्ट आमन्त्रित कवि मदनबहादुर थापा र कवि पुरुषोत्तम सिग्देलको सहभागितामा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा टेकबहादुर लौडारीले पृथ्वीनारायण शाह अनुष्टुप छन्दमा ,ध्रुबराज थापाले ‘बा हराएको सूचना’ स्वछन्द लयमा,मदनराज थापाले पृथ्वी स्वछन्द लयमा कविता वाचन गरेका थिए । यसैगरी पुरुषोत्तम सिग्देलले पृथ्वी र बिसे नगर्ची वसन्ततिलका छन्दमा द्वारिका कुइँकेलले मेरो मान्छे लोकलयमा ,ऋषिकेश बरालले शार्दूलविक्रीडित छन्दमा. वीरबहादुर लोहनीले लोकलयमा विशाल छ नेपाल, जगदीश्वर पोखरेलले अनुष्टुप छन्दमा एकताका प्रतीक डा. बमबहादुर थापा जितालीले अध्यक्षको पदीय मन्तव्य र दिव्य उपदेशको सन्देश कविता अनुष्टुप् छन्दमा सुनाएका थिए ।
कार्यक्रमको सहजीकरण वीरबहादुर लोहनीले गरेका थिए ।

