काठमाण्डौ । वरिष्ठ साहित्यकार, भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललाई पत्नी शोक परेको छ । साहित्यकार एवम् भाषाविद् पोखरेलकी पत्नी शारदाको आइतबार बिहान निधन भएको हो ।
सामाजिक सञ्जालमा पोस्ट अपडेट गर्दै पत्नी शारदा पोखरेलको निधन भएको सार्वजनिक गरेका हुन् ।

पोखरेलले लेखेका छन्– ‘अन्ठाउन्न वर्ष सात महिना नौ दिन सम्म (२०२४ असार १६ देखि २०८२ माघ २५) अखण्ड दाम्पत्यको साथ दिएकामा धन्यवाद शारदा ! तिम्रो आत्माले शान्ति र सौजन्य पाओस्! अलबिदा !!’
स्वर्गीय शारदा पोखरेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिने बताईएको छ । ८ बजे निजी निवास ललितपुरबाट पशुपती आर्यघाटतर्फ प्रस्थान गर्ने प्रा डा पोखरेलले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।

