काठमाडौँ । नेपाल–भारत सीमा सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुँदै गर्दा बेहोश भएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। हृदयाघातका कारण उनको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो।
शनिबार दिउँसो मोरङको विराटचोकमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूको सहभागितामा डिआइजी तहको समकक्ष समन्वय बैठक चलिरहेको थियो। बैठककै क्रममा एसपी घिमिरे अचानक बेहोश भएर ढलेका थिए।
उहाँलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको भए पनि उपचार सफल हुन नसकेको प्रवक्ता भट्टले बताउनुभयो। हाल घिमिरेको शव पोस्टमार्टमका लागि विराट टिचिङ अस्पतालकै शवगृहमा राखिएको छ।
स्व. घिमिरे सशस्त्र प्रहरी बलभित्र एक जिम्मेवार र अनुभवी अधिकृतका रूपमा चिनिनुहुन्थ्यो। उहाँको आकस्मिक निधनले सशस्त्र प्रहरी संगठनमा शोक छाएको छ।
Previous Articleनिर्वाचनअघि ४८ घन्टा अघिबाट नेपाल–भारत सीमानाका बन्द
Next Article वरिष्ठ साहित्यकार, भाषाविद् पोखरेललाई पत्नीशोक

