काठमाडौं । नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा युवा कवि गोष्ठी सम्पन्न भएको छ ।
डा.राजेन्द्र के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठी साउथ वेष्टर्न स्टेट कलेजको सह आयोजनामा सम्पन्न भएको हो ।
गोष्ठीमा अतिथि कवि कृष्णप्रसाद जस्ताघरे,सुशिला धमला,एलिसा ढुंगाना,पार्वती अधिकारी पारु,अञ्जना पौडेल,विमला दाहाल लगायतका युवा विद्यार्थी कविहरु खुशी लामा,ललिसा बानियाँ,निर्मला बुढा क्षेत्री, एन्जल अधिकारी,प्रविन नगर्ची, ओजस्बी श्रेष्ठ ,शुसिल चापागाईँ, सिना श्रेष्ठ,फेसन उदास, योगेश पनेरु,प्रविण नगर्ची लगायतका युवा कविहरु सुनिए ।
सुनिएका कविताहरु माथि डा.शैलेन्दुप्रकाश नेपालले टिप्पणी गरे ।
नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा विशेष अतिथि पवन आलोक थिए । चेतनपथ माधवको सञ्चालनमा भएको कार्यक्रममा डा.शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरिन । गोष्ठीमा सहभागी कविहरुलाई प्रमुख अतिथि डा.के.सी.ले प्रमाणपत्र वितरण गरे ।
समाजको १९ औं स्थापना दिवसको अबसरमा तीन दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन युवा कवि गोष्ठी सम्पन्न भएको आयोजकले बताए ।
Previous Articleविकासको मार्ग : आगो होइन दृष्टि
Next Article सुरभिमा लेखनाथ जयन्ती र स्रष्टा सम्मान

