नन्दलाल खरेल
प्रतिनिधिसभाको ढोक्साको छायाँ,
चुनावतिर फर्किन्छ एमालेको बाटो।
विश्वासका शब्दहरू रोस्ट्रममै बज्दा,
अन्तरमा लुकेको राजनीतिको घातो।१।
ओलीका आँखामा प्रश्नको छाया,
“समर्थन सच्चै हो कि जाल?”
ढोक्सा भए रित्तै हुनेछ विश्वास,
सदासयता भए बन्दैन कुनै जाल।२।
सत्ता, समर्थन र संकेतको खेल,
मौन रूपमा बोल्छ देशको राजनीति।
ढोक्सालाई चिर्दै सत्य बाहिर आए,
तब मात्र टिक्छ लोकतन्त्रको प्रीत।३।

