नन्दलाल खरेल
सपना बोकेर उठ्छ हृदय,
धार्मिक धुनले सजिन्छ यात्रा।
सत्ना–पद्मावतीपुरीको बाटो,
अयोध्याको श्रद्धा–प्रेमको पाटो।
रेलको सिटीमा उमङ्ग झल्किन्छ,
एनजिपी पर्खाइमा श्रद्धा बढीदिन्छ।
हृदयमा प्रार्थना, अधरमा मन्त्र,
शान्ति–समृद्धि होस् जीवनको केन्द्र।
तपस्विनी धर्ती, तीर्थको छेउ,
भक्तिमा रमाउँछ आत्माको छेउ।
यात्रा होस् मंगल, दर्शन सफल,
प्रेम–प्रणाम सधैँ रहोस् अटल।