अब गाउँ गाउँमा किन जानू पर्याे
कुनै ब्यबस्था किन मान्नु पर्याे
कुनै राजनीतिक दलकाे किन बन्नु पर्याे
कसैलाई किन नेता मान्नु पर्याे
अब म आफै नेता बन्छु
मैले एउटा दुताबास समाते पुग्छ
मिडिया उसैले किनिदिन्छ
पार्टी उसले मिलाइदिन्छ
निर्वाचन आयाेग उसैकाे इसारा मान्छ
अदालत उसैले किनबेच गर्छ
अब त मेराे चर्चै चर्चा चारै तिर हाइहाइ
जनता गरिब छन् बेरोजगार छन्
उनिहरु भर्याङ मात्रै हुन् , मैले मिठाे सपाना बेचेकै छु
उनीहरु मेरा कुरा मान्न बाध्य छन् , नत्र उपाए छैन
म सब सत्तामा पुगेपछी सब ठिक परिदिन्छु
म प्रधानमन्त्री बन्छु
मैले दुतावास मिलाएकाे छु
उसकाे निति र मेराे गराइ मिलेकाे छ
अब मेराे कुरा बिक्छ मैले भनेकै मान्नु पर्छ
मेराे युग सुरु भईसकेकाे छ
मेराे झुट मिडियाले सत्य बनाईदिनेछ
मेराे अपराध अदालतले धाेइपखाली सफाइ दिनेछ
मेराे चरण बन्दाना गाउन बिबेकी बुद्धिजीवी तयार छन्
मलाइ उसैले जिताईदिन्छ
के गर्ने उसैले स्क्रिप्ट दिएकाे छ
उसकै रणनीति समातकाे छु
अब एक थान प्रधानमन्त्री म भईहाल्छु
म बन्न पाए भक्तीगान गाउनेले राष्ट्र भक्ती पनि गाइदिनेछन्
मैले यत्राे स्वाधीनता दाउमा राखेकाे छु
जसरी पनि प्रधानमन्त्री बन्नेछु
मैले सबथोक बिदेशीकाे पाउमा चढाएकाे छु ।
-अर्पणा खड्का
दुधौली- ४ सिन्धुली

