काठमाडौँ । सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको नवकार्य समितिद्वारा रचनावाचन तथा विचार–विमर्श कार्यक्रम सुकेधारास्थित नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रमा सम्पन्न भएको छ।
कवि भैरवी भूगोलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
साहित्यकार विष्णुप्रसाद पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सगरमाथा प्रतिष्ठानका पूर्व अध्यक्ष अजित उत्सव, पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, समालोचक युवराज मैनाली, अध्यात्म चिन्तक कवि हरिभक्त सिग्देल, कलानिधि दाहाल, रोहित कुँवर, राजेश गड्तौला, सुमित्रा सुमी र अमन एकलको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रम सञ्चालन कवि सुशीला धमलाले गरेकी थिईन् ।
संस्थाकी कोषाध्यक्ष रूपा थापाले अतिथिहरूलाई खादाले स्वागत गरिन् भने संस्थाका इन्चार्ज कवि अमन एकल शब्दमार्फत स्वागत गरे।
संस्थाका केन्द्रीय प्रवक्ता राजेश गड्तौलाले संस्थाको अवधारणा एवम् संस्थाबरे जानकारी गराए ।
प्रमुख अतिथि विष्णुप्रसाद पन्तद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिले शुभकामना व्यक्त गरेलगत्तै रचनावाचन भएको थियो। सल्लाहकार हरिभक्त सिग्देलले अध्यात्म र साहित्यबीचको अन्तरसम्बन्धबारे विस्तृत चर्चा गर्दै बदलिँदो सामाजिक परिवेशमा साहित्यिक संस्थाले निर्वाह गर्नुपर्ने भूमिकाबारे धारणा राखे । युवराज मैनाली र पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रमको दोस्रो सत्रमा संगिता खरेल, सावित्री अधिकारी, जुनु खड्का, सन्तोष सरिल, कल्पना दाहाल, रूपा थापा, राजेशराज गड्तौला, थरेन्द्र वराल, पार्वती अधिकारी ‘पारु’, रामचन्द्र घिमिरे, नवराज न्यौपाने, आँचल शर्मा, सुमित्रा सुमी, शिवराम भट्ट, पार्वती लामिछाने र सुशीला शर्मा धमलाले रचनावाचन तथा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।
यस अवसरमा सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको नवकार्य समितिको औपचारिक घोषणा गरिएको छ। कवि भैरवी भूगोलको अध्यक्षतामा ११ सदस्यीय सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको नवकार्य समिति घोषणा गरिएको छ ।
नवनिर्वाचित कार्यसमिति तपशिल रहेको छ:
संरक्षक: जी.पी. तिवारी
इन्चार्ज: अमन एकल
अध्यक्ष: भैरवी भूगोल
उपाध्यक्ष: टुकादेवी पौडेल आचार्य
महासचिव: सुशीला शर्मा धमला
सचिव: नारायण काइलो
कोषाध्यक्ष: रूपा थापा
संस्थाको सदस्यमा सन्तोष सरिल, जुनु खड्का, कल्पना काफ्ले, दामोदर ढकाल, इन्दु नेपाल, सीमा कार्की रहेका छन् ।

