गजल
लीलाराज दाहाल
तिम्रो वाचा सम्झेर कवुल सम्झेर
म टोलाएँ तिम्रो महशुल सम्झेर !
शुभ होला भनी टाँसी दिएँ त्यतै
रक्तिम त्यो टालोलाई तुल सम्झेर !
अँगालोमा टाँसी टाँसी खेलाई रहें
बिझाउने ती काँडालाई फूल सम्झेर !
हाँसीहाँसी उसले लीला गरिरह्यो
जिन्दगानी सपनाको मुल सम्झेर
वागमती ११, कर्मैया, सर्लाही

