नन्दलाल खरेल
पवित्र भूमि, मोक्षको द्वार,
प्राणनाथको प्रेम अपार ।
ज्ञानको जोति, भक्ति समुन्दर,
पन्नाधाम — आत्माको सुन्दर मन्दिर ।१।
पन्नाधाम—भक्तिको मुना,
जहाँ प्रेम फुल्छ नित्य नमुना ।
प्राणनाथको दिव्य वाणी,
ज्ञान र शान्तिको अनन्त कहानी ।२।
गुमट मन्दिर, मुक्तिको थलो,
संसारभरका भक्तको खोलो ।
रास र ध्यानमा रम्ने मन,
पाउँछ आत्मा—परम दर्शन ।३।
यहाँ न होस् दुःख न लोभ,
छ केवल प्रेम र प्रभुको जोश ।
सत्य मार्गको उज्यालो थलो,
पन्नाधाम—मोक्षको अमर पलो ।४।
भक्तजन आउँछन् चारैतिरबाट,
हृदय भर्छ श्रद्धा र आस्था साथ ।
प्राणनाथजीको कृपा स्वरुप,
पन्नाधाम बन्छ आत्माको स्वरुप ।५।

