आर बि बि संयोग
कसले भन्यो
मेरो देश सानो
म सानो
मेरो स्वाभिमान सानो।
कसले भन्यो
मेरो देशमा अनिकाल छ
भोकमरी छ
बिकृति, बिसंगति छ।
हैन, छैन
यी सब केही पनि हैन
कहीं पनि छैन
यहाँ त
सीप पो अँध्यारो छ ।
अँध्यारोमा
देश निदाएको छ
देशको परिवेश निदाएको छ।
सहर निदाएको छ
सहरको रहर निदाएको छ
गाउँ निदाएको छ
गाउँको ब्यथा बुझिदिने ठाउँ निदाएको छ
माउ निदाएको छ।
देशमा बिशालु गोगन सल्बलाएको छ।
यस्तो भयानक अँध्यारोमा
मैले निदाउनुहुन्न
तिमी निदाउनु हुन्न
आउ प्रिय !
अब हामी संभोग गरौं ।
जन्माई दिउँ अनन्त कविताहरु
जसले
अँध्यारोलाई चिरी
बिउझाउन् सकुन्
सुतेकाहरुलाइ।

