काठमाण्डौ । नवोदित मुक्तककार सरस्वती भित्रकोटी मुक्तकसंग्रह ‘प्रेमपत्र’ लिएर सार्वजनिक भएकी छन् ।
कमलामाई नगरपालिका-२ निबुवाटार, सिन्धुलीकी स्थायी निवासी सरस्वतीको प्रेमपत्रमा २ सय ५२ वटा मुक्तक समावेश रहेका छन् ।
हामी र हाम्रो कृति समाज, काठमाण्डौद्वारा प्रकाशित मुक्तकसङ्ग्रह ‘प्रेमपत्र’को यही मंसिर १३ गते शनिबार नमूना चिल्ड्रेन मोडल स्कुल बालुवाटार(राष्ट्र बैंक अगाडि) मा लोकार्पण हुने कार्यक्रम रहेको हामी र हाम्रो कृति समूजका अध्यक्ष मुक्तककार मदन नेपालले बताए।
विमला भित्रकोटी र नारायण बहादुर भित्रकोटीकी सुपत्रीका रुपमा २०५७ साल साउन १ गते जन्मिएकी मुक्तककार सरस्वतीको यस अघि महेन्द्र क्षेत्री स्पन्दनको सम्पादनमा ‘अभ्यस्त’ संयुक्त गजलसंग्रह समेत प्रकाशित छ ।
साहित्यकार वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न हुने लोकार्पण समारोह लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न हुने छ ।

