पढ्नु पर्छ, लेख्नु पर्छ,
ज्ञानको दीप बाल्नु पर्छ ।
आमा-बुवाको मान राख्दै,
दिनरात मेहेनत गर्नुपर्छ ।१।
विद्यालय हाम्रो मन्दिर हो,
शिक्षक गुरु ईश्वर हो ।
अक्षर चिन्दै, ज्ञान बटुल्दै,
जीवनको आधार यही हो ।२।
खेलौं, रमौं, तर सम्झौं पनि,
भविष्य बनाउने पढाइ नै हो ।
आफू बढ्ने, देश बढ्ने,
शिक्षा बिना केही होइन हो ।३।
पढ्नु पर्छ, लेख्नु पर्छ,
सपना सबै साकार हुन्छ ।
मेहेनती बालक बन्ने हो भने,
किताबसँगै साथी बन्नु पर्छ ।४।
अमिरस ढकाल
कक्षा ७
लिटल फ्लावर्स इंग्लिस स्कूल
बिर्तामोड ४ झापा