भरतपुर महानगरपालिका वडा नम्बर १९ मा अवस्थित श्री जनप्रिय पब्लिक स्कुलद्वारा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ। संस्कार, संस्कृति भाषा तथा ऋतिरिवाज देशका पहिचान हुन् | हामीले हाम्रो संस्कृति जोगाउन सके मात्र हाम्रो पहिचान बचाउन सकिन्छ। त्यसैले विगतका वर्षहरूमा पनि तीजमा महिला शिक्षकतथा कर्मचारीहरूलाई पुरुष शिक्षकहरु तथा कर्मचारीहरूले दर खुवाउने कार्यक्रम रहने गरेको छ | त्यसैगरी तिहारमा महिला शिक्षकहरुले पुरुष शिक्षकहरु तथा कर्मचारीहरूलाईलाई तिहारमा ससम्मान गर्ने कार्यक्रमले निरन्तरता पाइरहेको छ। आत्मीयता तथा हार्दिकता मानवमा रहनुपर्दछ। सबै सबैमा भाइचाराको सम्बन्ध रहोस्। भन्ने उद्देश्यका साथ यो कार्यक्रमले निरन्तरता पाएको हो। मानवले मानवलाई मानवीय व्यवहार गर्ने प्रवृत्तिको विकास होस् भन्ने पनि यो कार्यक्रमको मुख्य उद्देश्य हो। यसै क्रममा मिति २०८२ असोज २९ गते साँझ ६ बजेदेखि तिहार विशेष कार्यक्रम जनप्रिय महिला शिक्षक हरूद्वारा रात्रीभोजको आयोजना गरिएको थियो। सो कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर १९ मा रहेको राइनोल्यान्ड पार्टी प्यालेस मा सम्पन्न भएको थियो। सो कार्यक्रममा विद्यालयका प्राचार्य भानुभक्त अर्यालले दीपावलीको शुभकामना तथा आत्मीयता र हार्दिकताको कामना गर्नुभएको थियो। जनप्रिय पब्लिक स्कुलका लेखापाल तथा तिहार विशेष कार्यक्रमका संयोजक पवित्रा गैरेले सम्पूर्ण सहभागीहरूलाई स्वागत मन्तव्य तथा दिपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो। सो कार्यक्रमको सहजीकरण विद्यालयका प्रशासक विश्वराज अर्यालले गर्नुभएको थियो।

