श्रीलंकासँग २–२ को नतिजा, पहिलो खेलमै अंक बाँडफाँड
काठमाडौँ — साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग २–२ गोलको बराबरीमा रोकिएको छ। बैंककस्थित नोन–थाबुरी रंगशालाको फुटसल एरिनामा भएको खेलमा नेपालले सुरुआतमै दबाब खेप्नुपरेको थियो।
खेलको पहिलो मिनेटमै श्रीलंकाले अग्रता लिए पनि मनिषा थापामगर र विमला चौधरीको गोलमा नेपालले पहिलो हाफमै २–१ को अग्रता बनाएको थियो। तर दोस्रो हाफ सुरु भएलगत्तै श्रीलंकाले बराबरी गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको हो।
बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। नेपालले प्रतियोगितामा आफ्नो दोस्रो खेल बिहीबार माल्दिभ्सविरुद्ध खेल्नेछ।
Previous Articleसमानुपातिकको बन्दसूचीबाट १७ दलका १७५ उम्मेदवारद्वारा नाम फिर्ता
Next Article मञ्जुश्री साहित्य समाजको ८२ औँ शृङ्खला सम्पन्न

