काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ नेकपा एमालेको महाधिवेशनमा शुभकामना दिन पुगेका छन् ।
भक्तपुरमा आयोजित महाधिवेसन उद्घाटन समारोहलाई सम्बोधन गर्न्दै गुरुङले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन्।
शनिबार नेकपा (एमाले) को ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको स्वाधीनता, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न कम्युनिस्ट शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताए।
नेता गुरुङले विगतमा कम्युनिस्ट एकताको प्रयास भए पनि त्यसलाई निरन्तरता दिन नसकिएको कम्युनिष्ट पार्टी र नेतृत्वमा रहनेहरूको कमजोरी भएको स्विकार गर्दै उनले भने,
‘हामीले कम्युनिस्ट एकताको प्रयास गरेका पनि हौँ, तर त्यसलाई निरन्तरता दिन सकेनौँ। त्यसबाट शिक्षा लिएर आगामी दिनमा फेरि कम्युनिस्टहरूबीच एकताको विकल्प छैन।’
उनका अनुसार देशको लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय हितको संरक्षणका लागि वामपन्थी शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको छ।

