नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । जोशीलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका थिए ।
एकीकृत समाजवादीमा प्रवेश गरेपछि जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।

