काठमाडौं, असोज २२ गते । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधिसभामा विचाराधीन ‘रेल्वे विधेयक, २०७६’ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
Previous Articleपछिल्लो २४ घण्टामा देशभर १ हजार ४३ जनामा कोरोना संक्रमण
Next Article जसपाको मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई
