काठमाण्डौ । संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले संगीतकार अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संगीतकार लामाको नेतृत्वमा शनिबार १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
संगीतकार लामाको अध्यक्षतामा निर्माण भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहनुभएको छ ।
संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय हुनुहुन्छ ।

