काठमाण्डौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भोलिबाट राष्ट्रिय ललितकला प्रदर्शनी हुने भएको छ । प्रदर्शनीको तयारी सम्पूर्ण पूरा भएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्खयक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृति समेटिने बताए ।
प्रतिष्ठानले विस्तृत विवरणसहितको सार्वजनिक सूचना गत पुस सात गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो ।
ललितकला प्रदर्शनीमा ५७१ कलाकारका ६०६ कलाकृति
ललितकला प्रदर्शनीमा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने छ। कोसी प्रदेशबाट ८२ कलाकारका ८२, मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति गरी ५३१ कलाकारका ५६४ कलाकृति प्रदर्शनीमा छन् ।
प्रदर्शनीमा अप्रतियोगी ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति समेत समावेश छन् । विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिक÷आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८, शिल्प–हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९, प्रतिस्थापन कलाका ९ कलाकारका ९, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारको १, भावभङ्गी कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा छन् ।
फागुन ४ गतेदेखि चैत १ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१ कर्णालीको जन नमूना मावि (फागुन ०६–१० गतेसम्म सुर्खेत), कोसीको नेपाल तमु गुरुङ गुम्बा, बेलबारी (फागुन १६– फागुन २० गतेसम्म मोरङ), मधेसको मैथिली विकास कोष (फागुन २०– फागुन २४ गतेसम्म जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (फागुन २६– चैत १ गतेसम्म नक्साल), गण्डकीको पोखरा आर्ट ग्यालरी (फागुन ०४–०८ गतेसम्म पोखरा), लुम्बिनीको रुपन्देही उद्योग सङ्घ (फागुन १०–१४ गतेसम्म बुटवल) र सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (फागुन ०८–१२ गतेसम्म धनगढी) मा सम्पन्न भएको थियो ।
पाँच दर्जनलाई ललितकला सम्मान तथा पुरस्कार
यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरिने छ । विनम्र डङ्गोल ९परम्परागत चित्रकला०लाई प्रदान गरिने सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कारको १ लाख नगदसहित सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिने बताइएको छ ।
पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर बिकलाई प्रदान गरिने छ भने यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिने छ । पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरि शेर्पा ९परम्परागत चित्रकला०, मधेसबाट सोनाम सिंह भ्लोन ९हस्तकला० बागमतीबाट रीना शाक्य ९परम्परागत चित्रकला०, गण्डकीबाट दलबहादुर गुरुङ ९समसामयिक चित्रकला०, लुम्बिनीबाट लिलाधर केसी ९समसामयिक चित्रकला०, कर्णालीबाट कुमारी सिता मल्ल ९समसामयिक चित्रकला०, सुदूरपश्चिमबाट रमेश कडायत ९समसामयिक चित्रकला० लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको जनायउको छ । त्यस्तै, प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बाग्मतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दिपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगरलाई प्रदान गरिने जनाइएको छ । परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङलाई प्रदान गरिने जनाइउको छ । परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतिक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकारलाई प्रदान गरिने छ । शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा ९शिवकुमार राई०, मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट शुर्प नारायण शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमाललाई प्रदान गरिने भएको छ । वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ ९वास्तुकला०, लुम्बिनीबाट संचिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारूलाई प्रदान गरिने छ ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनीराम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ३०÷३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने धनबहादुर श्रेष्ठ र सिर्जना तामाङ राईलाई प्रदान गरिने प्रतिष्ठानले सार्वजनिक गरेको छ । गतवर्षबाट सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति –ललितकला० पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति ९ललितकला० पुरस्कार २०८१’ गंगाधर सारुलाई प्रदान गरिने भनिएको छ । पुरस्कारको राशी ५०÷५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को मूल्याङ्कन समितिमा डा सीमा शर्मा शाह, राधेश्याम मूल्मी, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजु, ताराप्रसाद ओझा, रामनारायण महतो, प्रविण श्रेष्ठ, धर्मराज शाक्य, एरिना ताम्राकार, नवेन्द्र लिम्बू र प्रतिमा थकाली रहनुभएको थियो । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को लोगो २०८० मै ९प्रतीक० चिन्ह प्राज्ञ एवम् कलाकार प्रदीप शाक्यले बनाउनुभएको हो । उहाँ प्रदर्शनीको क्युरेटर समेत हुनुहुन्छ । कार्यक्रममा प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मा महत्वपूर्ण योगदान पु¥याउनुहुने बेलबारी प्रज्ञा–प्रतिष्ठान, बेलबारी मोरङ ९कोसी०, मैथिली विकास कोष ९ मधेस, जनकपुर०, गण्डकी प्रज्ञा–प्रतिष्ठान, कास्की, पोखरा ९गण्डकी०, नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही ९लुम्बिनी०,सानु चौधरी, सभापति, थारु कल्याणकारिणी सभा ९सुदूरपश्चिम०, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान ९सुदूरपश्चिम, धनगढी० लाई समेत सम्मान गरिने छ ।
प्रदर्शनीका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, सामाजिक विकास मन्त्रालय (कोसी प्रदेश), बेलबारी नगरपालिका, बेलबारी प्रज्ञा–प्रतिष्ठान, मैथिली विकास कोष, गण्डकी प्रज्ञा–प्रतिष्ठान, नेपाल व्यावसायिक कलाकार सङ्घ (रुपन्देही), बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, नेपाल कमर्सियल आस्टिस्ट सङ्घ सुर्खेत, जननमुना माध्यामिक विद्यालय, वीरेन्द्रनगर, सुर्खेत, थारु कल्याणकारिणी सभा, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, संवाद फाउन्डेसनको सहकार्य छ भने मिडिया पार्टनरका रूपमा राष्ट्रिय फोटो पत्रकार समूह रहेको छ ।
यही जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

