काठमाडौं: पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ ।
स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको हो ।
शाहब र सागरले ४-४ विकेट लिँदा शाहाजदले अविजित रन बनाए ।
बुधबार भएको पहिलो क्वालिफायरमा पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।
चितवनको लागि ओपनर मोहम्मद शाहाजदले ४८ रन बनाए । जितका लागि ४ रन चाहिएको बेला ठूलो सट खेल्ने धुनमा शाहजाद नन्दन यादवको बलमा कट एण्ड बोल्ड भए । उनले २६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै पहिलो खेल खेलेका हासिम अन्सारीले १७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १३ रन बनाए ।
करिम जन्नमले अविजित ४ रन जोडे । उनले एक बल खेल्दै विजयी चौका प्रहार गरे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

