काठमाण्डौ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित होली भिजन पब्लिक स्कुलद्वारा आयोजित बाइसौँ नाटा रनिङ सिल्ड हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता कविता पौडेल नाटा जुनियर अध्यक्ष युनिटले गर्नुभएको थियो भने प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्पण पोखरेल रहनुभएको थियो।
हाजिर जवाफ प्रतियोगितामा चितवन जिल्लामा रहेका २६ विद्यालयहरूको सहभागिता रहेको थियो। जसमा भरतपुर महानगरपालिका वडा नम्बर १९ मा अवस्थित श्री जनप्रिय पब्लिक स्कुल प्रथम, खैरेनी नगरपालिकामा रहेको इन्टरनेसनल स्कुल द्वितीय, भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको नारायणी नमुना मावि तृतीय भएका थिए |
सो कार्यक्रम चितवन क्षयरोग निवारण सङ्घ तथा होली भिजन नाटा जुनियर युनिटद्वारा आयोजना गरिएको हो | कार्यक्रमको सहजीकरण होलीभिजन पब्लिक स्कुलका शिक्षक नारायण सापकोटाले गर्नुभएको थियो ।
